ठेकेदार बटालाको ठेक्कामा झटारो : ५० लाखमा बनेको वाल ,भुक्तानी भएको केही दिनमै भत्कियो

पवन भण्डारी   बिहिबार ०३, साउन २०८१ ०२:०२

पवन भण्डारी,धनगढी । अछामको मंगलसैन नगरपालिका ६ मा रहेको डम्पीङ साइडमा मल बनाउन प्रयोग गरिने खाल्डाहरूको वाल काम सम्पन्न भएको ३ दिन मै भत्किन थालेका छन । सहरी विकास मन्त्रालयको ५० लाख लगानीमा निर्माण भइरहेको सो पर्खाल  तथा वालहरू भत्किन थालेका हुन ।

वाल निर्माण गर्ने लोबिका विल्डर्स प्रालीका ठेकेदार शंकर बहादुर बटालाले असार मसान्त भित्र काम सम्पन्न गरेको भन्दै  भुक्तानी लगी सकेका छन । ठेकेदारले वालहरूको काममा गुणस्तरहीन सामान प्रयोग गर्दा वालहरू भत्किएको स्थानियबासीको भनाई छ ।  

पहिले पनि गेट बनाउँदा ठेकेदारले मापदण्ड अनुसार काम नगरेको भन्दै भत्काएको भए पनि अहिले भने वालमा इन्जिनियर र ठेकेदारको मिलेमतोमा गुणस्तरहीन सामाग्री प्रयोग गर्दा यस्तो अवस्था आएको मंगलसैन ६ का एक स्थानीयको भनाई छ ।  वालहरू अहिले अधिकांश भत्किसकेका छन भने अधिकांश पलाष्टीकले छोपेर राखेको स्थानीयहरूको भनाई छ ।

लोबिका विल्डर्स प्रालीका ठेकेदार शंकर बहादुर बटालाले आफूहरूले काम गरेको ठाउँमा नगरपालिकाले तत्काल फोहोर फाल्दा वालहरू भत्किएको बताए । उनले भने काम गरेको ठाउँमा पुरा सेट भएको थिएन त्यसैमा नगरपालिकाले फोहोर फाल्दा भत्किएको बताए ।

वाल हेर्ने जिम्मेवारी पाएका इन्जिनियर यज्ञिक दाहालले आफूहरूले स्टमेट अनुसार काम गरेको दाबी गरे । उनले भने जे स्टमेटमा थियो सो काम गरेको हौ । नगरपालिकाले वाल हालेको तलमाथि डोजर प्रयोग गर्दा भत्किएको हो यसमा हाम्रो कमजोरी छैन उनले भने । 

मंगलसैन नगरपालिका ६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले वालहरू सबै भत्की सकेको बताए ।उनले भने करिब ९९ प्रतिशतवाल भत्किएको छ ,ठेकेदार र ईन्जीनियरले काम गर्दा नगरप्रमुख आफ्नो समेत सुझाव समेत नमानेर मन मर्जी रूपमा काम गरेको बताए । आफूहरूले पटक पटक सो बारे जानकारी माग्दा समेत  आफूहरूलाई नदिएको बताए । वडा अध्यक्ष भण्डारीले भने “हिजो मात्र प्रमुख जिल्ला अधिकारी,नगरप्रमुखका सहितको टोलीले सो क्षेत्रको अनुगमन गरेको बताए । 

वाल भत्केको विषयका अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले डम्पीङ साइडमा ठेकेदारले गरेको काम सन्तोषजनक नरहेको बताए । उनले भने “वालहरू भत्केर बस्ती सम्मलाई असर गर्ने अवस्था छ अहिले तत्काल जोखिम न्यूनीकरण गर्न वडा लाई काम गर्न भनेका छौ । अव सो बारे ठेकेदार लाई बुझेर आवश्यक जवाफ नदिए कारबाही गर्ने उनले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु