कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

छिनोफानो   बिहिबार ०३, साउन २०८१ ०३:००

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ ब्रह्मदेवमा म १ प ११४५ नम्बरको मोटरसाइकल बुधवार राति दुर्घटना भएको हो। दुर्घटनामा चालक शुक्लाफाटा नगरपालिका–५ का ४० वर्षीय रूद्र बहादुर ओलीको मृत्यु भएको छ। उक्त मोटरसाइकलले म २ प ७२७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका ओलीको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै, दुर्घटनामा घाइते भएका म २ प७२७१ नम्बरको मोटरसाइकल चालकको मायामेट्रो अस्पताल, धनगढीमा उपचार हुँदैछ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु