एक किलो अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

रासस   बिहिबार ०३, साउन २०८१ ०४:२७

काठमाडौँ ।  लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी तथा नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला रहेका लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतार एयरलाइन्सबाट साउन १ गते नेपाल आएका नाइजेरियन नागरिक ओबोडोइफुलाले ल्याएको उक्त कोकिनसहित भारतीय नागरिक अन्सारीलाई ठमेलबाट पक्राउ गरिएको हो ।”

उक्त कोकिन लिएर आएका नाइजेरियन नागरिक ओबोडोइफुलालाई पनि काठमाडौँको पिङ्गलास्थानबाट पक्राउ गरिएको प्रमुख आचार्यले बताउनुभयो । उक्त कोकिन लिन आएका अन्सारी इन्डिगो एयरलाइन्सबाट मुम्बई हुँदै काठमाडौँ आएका खुल्नमा आएको ब्युरोले जनाएको छ । उक्त कोकिन क्याप्सुल बनाएर ज्याकेटमा लुकाएर कतारदेखि ल्याएको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने ब्युरोका प्रमुख आचार्यले बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु