बेरुजुमा छलाङ मार्दै साँफेबगर नगरपालिका, ३३ करोड बेरुजु राखेर अछाम मै पहिलो बन्यो

छिनोफानो   शुक्रबार ०४, साउन २०८१ ०१:०९

पवन भण्डारी,धनगढी । पटक पटक विभिन्न कुरामा चर्चामा आई रहने अछामको साँफेबगर नगरपालिका सबै भन्दा बढी बेरुजु ल्याएर पुनः चर्चामा आएको छ । अछाम जिल्लाका १० ओटा स्थानीय तह मध्ये सबैभन्दा बढी बेरुजु राखेर साँफेबगर नगरपालिका  चर्चामा आएको हो । 

महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार नगरपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा २८ करोड ७५ लाख २४ हजार बेरुजु बाँकी रहेकोमा आर्थिक बर्ष २०७९÷०८० मा बेरुजु थप गर्दै ३३ करोड १८ लाख ५१ हजार पु¥याएको छ । 

नगरपालिकाले बिना प्रक्रिया नपुगाउँदै भुक्तानी दिएर असुल गर्नुपर्ने रु ४२ लाख ११ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु २ करोड ९१ लाख ९४ हजार, नियमित गर्नुपर्ने रु४६ लाख ९१ हजार, शोधभर्ना नलिएको रु १ लाख ३६ हजार र पेश्की बाँकी रु६०लाख ९५ हजार समेत गरि रु४ करोड ४३ लाख २७ हजार रहेको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु