महाकाली नदी किनारबाट एक बालिका बेपत्ता

छिनोफानो   शुक्रबार ०४, साउन २०८१ ०२:३२

बैतडी ।   महाकाली किनारमा बाख्रा चराउन गएकी एक बालिका बेपत्ता भएकी छन्।

बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार दिउँसोतिर महाकाली नदी किनारतिर बाख्रा चराउन गएकी ममता बेपत्ता भएको खबर शुक्रबार बिहान प्रहरीलाई दिइएको छ।घर परिवार र स्थानीयहरूले बिहीबारदेखि नै ममताको खोजी गरिरहेका भएपनि अझै फेला नपरेको बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।

प्रहरी निरीक्षक केसीले बालिका महाकाली नदीमा बगेकी हुन सक्ने अनुमानसहित स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु