कोहलपुरमा बसको ठक्करबाट एकको मृत्यु

छिनोफानो   शुक्रबार ०४, साउन २०८१ ०३:४६

नेपालगन्ज । बाँकेको नेपालगन्ज-कोहलपुर सडक खण्डमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको लु २ ख ४६ नम्बरको मिनी बसको ठक्करबाट शुक्रवार दिउँसो जानकी गाउँपालिका ६ की ६५ वर्षीया कलावती भाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बसको अगाडिको पट्टा एक्कासि भाँचिएर गनापुरमा पैदलयात्रु भाटलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भाटको नेपालगन्ज नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

भाटको शवलाई नेपालगन्ज नर्सिङ होममा राखिएको छ । मृतक महिलाका आफन्तहरुले बसले ठक्कर दिएपछि 'ब्याक' गरेर मारेको आरोप लगाएका छन् । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु