सेती प्रादेशिक अस्पतालको बेथिति : बिरामीले सिटिस्क्यान रिपोट ६ दिन सम्म पनि  पाएनन्

छिनोफानो   आइतबार ०६, साउन २०८१ ०३:२३

पवन भण्डारी,धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा डाक्टरको लापरबाहीका कारण बिरामीहरू मर्कामा पर्ने गरेका छन । अस्पतालमा डाक्टरहरूले बिरामीको विभिन्न रिर्पोटहरु समय नदिने समस्याका कारण बिरामीहरू मर्कामा परेका हुन ।

सेती प्रादेशिक अस्पतालमा यही श्रावण १ गते सिटी स्क्यान गराएका जोशीपुर गाउँपालिका १ का प्रसन्न विश्वकर्माको सिटी स्क्यान रिपोट अस्पतालले ६ दिन सम्म नदिँदा उनको उपचारमा समस्या भएको हो । उनका दाजु विश्वास विश्वकर्माले छिनोफानो डटकम लाई जानकारी गराउँदै भने अस्पतालले ६ दिन भयो सिटी स्क्यान रिपोट दिएको छैन  । 

डाक्टरले सिटी स्क्यान रिपोट आएपछि मात्र बिरामीको बाकी अवस्था बारे थाहा हुने भने पनि रिपोट नहुदा बिरामीको अवस्थामा झन् कमजोर हुने होकी भन्ने चिन्ता बढेको गुनासो गरे । उनले भने आफनोे आर्थिक अवस्था पनि कमजोर छ बाहिर गएर उपचार गर्न सक्ने र सिटी स्क्यान गराउन सक्ने अवस्था छैन ,त्यसैले सेतीमै उपचार गर्न भने गयौ तर सिटी स्क्यान रिपोट आउन नै ६ दिन लाग्दा निकै समस्या भएको गुनासो गरे ।

 सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेर बहादुर कमरले सिटिस्क्यान रिपोट आउन बढिमा एक दिन मात्र लाग्ने बताए । उनले भने हामीले एक दुई दिनमै रिपोट दिन्छौ । यो रिपोट किन ढिलो भयो यो बारे म बुझ्छु उनले भने ।  उसो सेती प्रादेशिक अस्पतालमा यस्ता समस्या पटक पटक आईरन्छन । 

प्रादेशिक अस्पतालमा डाक्टरहरूको लापरबाही पटक पटक भइरहँदा पनि समन्धीत निकाय भने मौन बस्नुले नै अस्पतालको बिमा दाग लाग्दै आएको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु