डेढ लाख घुससहित अधिकृत अख्तियारको नियन्त्रणमा

छिनोफानो   सोमबार ०७, साउन २०८१ १०:३७

काठमाडौँ ।  बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला एक लाख पचास हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राहीसँग घुस लिने क्रममा आयोगको टोलीले  कोइरालालाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिनुभयो । उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास हजार रुपियाँ र चार लाख पचास हजार रुपियाँको चेकसमेत रहेको जनाएको छ ।

 उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु