कर्णालीमा माओवादीका चार मन्त्री बाहिरिए

छिनोफानो   सोमबार ०७, साउन २०८१ ११:३६

 

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामाको घोषणा गरेका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेकपा एमालेले नेतृत्व गरेको कर्णाली प्रदेश सरकारमा माओवादीबाट महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावत मन्त्री छन् । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारका माओवादी मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।

उनीहरूले आजै मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउने बताएका छन् ।मन्त्री रावत, शाही र केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु