सौर्य एयरलाइन्स दुर्घटना : क्याप्टेनको उपचार हुँदै

छिनोफानो   बुधबार ०९, साउन २०८१ ०१:३७

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) को आकस्मिक कक्षमा उपचार भइरहेको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते हुनुभएका शाक्यको उपचारको लागि अस्पताल लगिएको थियो । 

अस्पतालका चिकित्सक डा.विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “उहाँको शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार  कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र उहाँ कति गम्भीर हुनुहुन्छ भन्न सकिन्छ ।” 

बुधबार बिहान करिब ११ बजे जहाज दुर्घटनामा परेको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु