कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

छिनोफानो   शुक्रबार ११, साउन २०८१ ०२:१८

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् ।देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु