धनगढीमा चर्च प्रकरणः तीन जना पक्राउ, अभद्र व्यवहार मुद्दामा जाहेरी

छिनोफानो   शुक्रबार ११, साउन २०८१ ०४:०१

धनगढी ।    कैलालीको धनगढीमा अस्पताल खोल्ने भन्दै भाडामा लिइएको जग्गामा चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–७ मनेहरामा छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए। सोही प्रकरणमा स्याङ्जाका पुकार विक, सोलुखुम्बुका प्रशान्त राई भनिने पेम दोर्जी राई र धनगढीका वीरबहादुर डगौरालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको हो। चर्चमा इसाई रिलिजन प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत रहेका थिए।

चर्चमा हरेक शनिवार संगति लाग्न थालेपछि स्थानीयले बिरोध गरेपछि अस्पताल भन्दै चर्च खुलेको रहस्य बाहिर आएको हो। असार १५ गतेदेखि ‘नेपाल लाइफ वर्ड मिसन’ ले उक्त भवनमा धनगढी मण्डली सञ्चालनमा ल्याइएको हो। छालाको अस्पताल खोल्ने भन्दै स्थानीयलाई झुक्याएर आलिसान चर्च भवन निर्माण गरेर संगति लाग्न थालेपछि स्थानीयले जानकारी पाएका थिए। ले

ट मेइन धनगढी प्रालि नामक इसाई एनजीओले जग्गाधनी प्रभाकर भण्डारीबाट वार्षिक ३ लाख भाडा दिने शर्तमा १५ वर्षका लागि साढे चार ४ कठ्ठा जग्गा लिजमा लिएको थियो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु