अछामबाट लोकसेवा आयोगको परिक्षा दिने फरार नक्कली परीक्षार्थी पक्राउ

छिनोफानो   शुक्रबार ११, साउन २०८१ ०४:३८

धनगढी ।   लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी आरोपी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।

फरार रहेका मेल्लेख गाउँपालिका –३ ठाँटी निवासी २५ वर्षीय मनराज कामीलाई अछाम प्रहरीले घरबाट पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले कामीलाई घरबाट पक्राउ गरेर आवश्यक कारबाहीका लागि कञ्चनपुर प्रहरीमा पठाइएको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिए ।

“कञ्चनपुरबाट हामीलाई पक्राउमा सहयोग गर्न पत्र आएअनुसार हामीले पक्राउ गरेर उतै (कञ्चनपुर) पठाएका छौँ” पार्कीले भने । अछाम प्रहरीका अनुसार लोक सेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा कञ्चनपुर जिल्ला अदालतले कामीलाई पक्राउ आदेश दिएको थियो । वन रक्षकको परीक्षामा कामी नक्कली परीक्षार्थी रहेको आरोप छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु