नोभा अस्पतालमा तनाब : ईन्पेक्टर सहित केहि प्रहरी घाईते

छिनोफानो   शनिबार १२, साउन २०८१ १०:२०

धनगढी । शुक्रबार देखि तनाबग्रस्त बनेको धनगढीको नोभा अस्पतालमा विवाद कायमै रहेको छ । शुक्रबार कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको अस्पतालमा मृत्यु भएपछि सूरु भएको विवाद अझै कामयमै रहेको हो ।
साउन ७ गते सामान्य अवस्थामा ल्याइएका चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्ने प्रयास गरेका छन ।
प्रहरीले स्थिती नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्ट अस्पताल बाहिर भेला भएका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको बताए ।
प्रहरी र प्रदर्शनकारी बिच झडप हुदा २ जना घाईते भएका छन् । घाईते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् ।  केहि प्रहरीहरु समेत घाईते भएको एसपी पदमबहादुर बिष्ट बताए । एसपी बिष्टले अहिले अस्पतालले मृतक पक्षसँग वार्ता गरिरहेको बताए ।
मृतकका आफन्तले विरामीको अवस्था जटिल बन्दा समेत अन्यत्र रेफर नगरेको बताएका छन । शुक्रबार अन्तिम समयमा आएर मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको मृतकका मामा रामकृष्ण चौधरीले बताएका छन ।

शुक्रबार दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्र्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु