पछिल्लो समय डेउडा गितको क्षेत्रका लागी प्रवास बाट सबैको बोलीमा आउने नाम हो गायक राम प्रसाद भण्डारी (राम्या)। उनी हाल रोजगारीको सिलसिलामा भारतको राजकोट बस्दै आयका छन ।
अछामको मङ्गसेन नगरपालिका ६ घर भएका भण्डारी सानै देखि गीत सङ्गीत मा रुचि राख्थे । गायक बन्ने चाहाना राखेका भण्डारी लाई उनको घरको पारिवारिक स्थितिले सपना पूरा गर्न निकै गाह्रो थियो । घरपरिवार चलाउन कै लागि उनी सानै उमेरमा प्रवास छिरे । प्रवासमा पनि सोचे जस्तो कहाँ हुन्छ र ? उनले धेरै सङ्घर्ष गरे तर उनी सफल हुन सकेनन् ।
गायक राम प्रसाद भण्डारी (राम्या) सँगको कुराकानी पछि उनको जीवन कहाँनी आज हामीले छिनोफानो डटकममा राखेका छौ । सानै उमेरमा घर बाट मामा घरमा बस्दै आएका राम्या उनले खासै अभिभावकको भूमिका कसैले निर्वाह गरेनन् । उनले आफ्नो जीवन कहानी भक्कानिँदै यसरी सुनाएँ । गार्जन नभएको र पूर्ण ज्ञान र अर्ध शिक्षित युवा यसरी भौतारिदा रैछन भन्ने मेरो जिन्दगीको उतार चढावले प्रस्ट्याउँछ ।
म सानै हुँदा मेरो घरको परिस्थितिले प्रदेशिन बाध्य भए । केही मेरो बाल्यकालको बालापनमा गरेको गल्तीले पनि पर्देशिय म । मैले गरेको गल्ती तेह्र वर्षको हुँदा हाम्रो गाउँमा एउटा पसलमा चोरी गरेको थिए । तर मलाई यसो गर्न हुन्न यस्तो गर्नु पर्छ भन्ने कोही पनि थिएनन् । मैले आफूले जे सोचे जे मन मा लाग्यो सो गर्न थाले । मलाई सम्झाउने कोही थिएन । किनकि मामाको घरमा हुर्केको हुँदा मामा घर बज्यैले मलाई अति माया गर्नु हुन्थ्यो ।
बज्यैको माया न हो आफ्नो नातिले गलत गरेको भए पनि उहाँ अरूलाई केटाकेटी त हुन गलत भई हाल्छ भनेर झगडा गर्नु हुन्थ्यो । भन्छन् नि धेरै प्रेम र धेरै दुस्मनी पनि ठिक हुँदैन भनेर । सायद धेरै भन्दा धेरै मांयाले बिगारेको होकि मलाई
जस्तो पनि लाग्छ । जब सानै उमेरमा प्रदेश आए मेरो बुवा जीवित हुनुहुन्थ्यो बुवा सँगै बसे । बुवा हुँदा सम्म मेरो प्रदेशको बसाई निकै सुखद रहयो पछि बुवा घर आउनु भयो । बुवाले मलाई घर जाऊ भन्दै थिए तर मैले घर जान मानिन ।
मैले भने तपाई जानुहोस् म यतै नौकरि गर्छु मैले मेरो बुवाको भनेको पनि सुनेन । बुवा घर जानु भयो । लामो समय पछि बुवा फेरी आउनु भयो त्यो म सहनसिल्ता भन्दा धेरै टाढा सम्म पुगी सकेको थिए
बुवा ले मेरो चालचलन लाई देखेर त कैलै काम लाग्दैन भनेर गइहाल्नु भयो । अनि म सोच्न लागे म सानै हुँदा मलाई मामाको घर पठाउनु भयो अनि अहिले आएर मलाई नै दोषी ठान्न हुन्छ मनमनै रिस बोकी रहेको थिए । अनि म जोसङ बस्थे उनीहरूले मलाई रक्सिएको पसलवाला कहाँ परिचय गराएका थिए । यो मान्छेको हातमा हांमि पैसा दिन्छु तैँले रक्सी दिनु भनेका थिए । आफ्नै गाउँका आफन्तहरू सँगै रुम बनाएर बस्ने म आफू भन्दा ठुलाले भनेको काम गर्नु पर्छ भन्ने थियो । म दैनिक जसो उनीहरूलाई रक्सी ल्याउँथे ।
दैनिक रूपमा रक्सी ल्याउँदा ल्याउँदै मैले एक दिन सोचे आज म पनि बिचार गरुन् त यो कस्तो हुन्छ भनेर । मैले आफूलाई लुकाएर एक क्वाटर लिएर गए । खांदाखेरि मजा आउँदा रहेछ एक दिन खाइयो दुई दिन खाइयो गर्दागर्दै दैनिक खान थाले म ।
एक दिन सुन्नमा आयो बुवा बिमारी छन भनेर । बुवालाई डाक्टर कहाँ लिएपछि लिवर फेलछ भन्या । म त्यो बेला दिन भरी काम गरेर बेलुका खान भए पुग्ने गरी काम गर्थे । मलाई भविष्यबारे कुनै चिन्ता थिएन तर त्यो दिन बुवा अस्पतालको बेडमा हुँदा र आफू सँग पैसा नहुदा मन यती पोलेको थियो त्यो कल्पना समेत मैले गर्न सक्दैन । मलाई लाग्यो मैले धन कमाएको भय ठुलो अस्पतालमा बुवाको उपचार गराइन्थ्यो सोचे ।
तर भगवाललाई अरू नै मन्जुर रहेछ । जब म समस्यामा पुगे ना नत मेरो खल्तीमा एक पैसा थियो, नत राम्रो लगाउने लुगा थियो । पैलो चोटि भारत आयको मान्छे बाटोमा एक्लै कसरी जाने भनेर सोचिरहेको थिए दुई जना नेपाल जांनेहुन भन्दा सुने तर आजकाल जस्तो मोबाइल पनि थिएन एक रुपियाँ क्वाइन हालेर फोन गरिन्थ्यो । म नेपाल जाने सुरसार त गरे .... बाकी अर्को भागमा
प्रतिकृया दिनुहोस