धनगढी । धनगढीको देवरिया वनस्पति उद्यान पछाडि जंगलमा युवक मृत अवस्थामा भेटिएका छन् ।
अजयमेरु गाउँपालिका–२ घर भएका २३ वर्षीय मुकुन्द राज जोशी धनगढी उपमहानगरपालिका–१३ राजपुरमा मार्केटिङको काम गर्दै आएका थिए । उनी मिति २०८२ माघ १९ गतेदेखि हराइरहेका थिए ।
आफन्त तथा प्रहरीले खोजतलास गर्ने क्रममा बिहीबार धनगढी–७ स्थित देवरिया वनस्पति उद्यानको पछाडि जंगलमा उनको शव फेला परेको हो । घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस