काठमाडौं । सरकारले ल्याएको अध्यादेशमा निर्णायक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । अहिले ओली र अध्यक्ष यादवबीच भेटवार्ता जारी छ ।
ओली भेट्नुअघि उपेन्द्रले कांग्रेसका शीर्ष नेताहरूले भेट गरेका थिए । नयाँ बानेश्वरस्थित संसद् भवनमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखकलगायत नेताहरू सहभागी थिए ।
भेटमा अध्यक्ष यादव र उपाध्यक्ष राजकिशोर यादव सहभागी थिए । अध्यादेशबारे निर्णय लिन अहिले संसदीय दलको बैठक पनि राखेका छन् ।
सरकारले ल्याएको अध्यादेश आज सदनमा निर्णयार्थ पेस गर्ने कार्यसूची छ । उपेन्द्र यादवले अध्यक्षको पक्षमा मत नदिए राष्ट्रिय सभामा बहुमत पुग्दैन । त्यसैले प्रधानमन्त्री ओली र देउवाले उपेन्द्रलाई फकाउन लागिरहेका छन् । यसअघि पनि ओली देउवाको फोनपछि कार्यदल बनाएर उपेन्द्रले अध्यादेश अध्ययन गरेका थिए ।
प्रतिकृया दिनुहोस