काठमाण्डौ – १४ वर्षमुनिको डाना कपको उपाधि नेपाली टोलीले जितेकाे छ । डेनमार्कमा भएको प्रतियोगितामा गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा मिलेर बनेको नेपाली टोलीले यो सफलता हासिल गरेको हो।
हिजाे भएकाे खेलमा केन्याको टोलीलाई ३–० ले हराउँदै नेपाली टोलीले उपाधि जितेको हो । फाइनलमा रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले गोल गरेका थिए ।
त्यसअघि यूएईको आईएफए स्पोर्टसलाई ३–० ले पराजित गर्दै नेपाली टोली फाइनल पुगेको थियो ।
प्रतिकृया दिनुहोस