नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको अवसरमा मैत्रीपूर्ण फुटबल, नेपाली टोली पराजित

छिनोफानो   शनिबार १८, साउन २०८२ ०९:३३

काठमाण्डौ – नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठको अवसरमा मैत्रीपूर्ण फुटबल भएको छ ।

ग्वाङ्झाउको नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मैत्रीपूर्ण फुटबलमा नेपाली टोली ३–१ गोलले पराजित भयो ।

मैत्रीपूर्ण खेल हाइचु जिल्लाको यान् च काङ रङ्गशालामा भएको थियो । जसमा चीनमा रहेका नेपालीको समूह र चिनियाँ पक्षका व्यावसायिक खेलाडीले भाग लिएका थिए ।

दुवै देशका सहभागीबीच मित्रता झल्काउने गरी खेलकुदको भावना प्रदर्शन गरिनुका साथै नेपाल–चीन सात दशकको कूटनीतिक सम्बन्धको अवसरमा नेपाली प्रतिनिधि टोली र ग्वाङ्झाउको चिनियाँ टोलीबीच फुटबल प्रतिस्पर्धा गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु