फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्न नक्खु कारागार प्रशासनको आग्रह

छिनोफानो   शुक्रबार २७, भदौ २०८२ ०४:०६

काठमाण्डाै – ललितपुरमा रहेको नक्खु कारागार प्रशासनले ‘जेन–जी’ आन्दोलनका क्रममा फरार भएका जेलबाट फरार भएका कैदीबन्दीलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । कारागार प्रशासन नक्खुले सार्वजनिक अपीलमार्फत कानूनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न आग्रह गर्दै कैदीबन्दीलाई तुरुन्तै सम्पर्क गर्न आग्रह गरेको हो ।

कारागार प्रशासनले फरार अवस्थामा रहिरहँदा कानूनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानूनी अधिकार, सुविधा तथा सामाजिक पुनर्स्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै फरार कैदीबन्दीलाई सचेत र सजग रहन स्मरण गराएको छ ।

‘जेन–जी’ आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्खु कारागारबाट पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारबाट निकालेका थिए । त्यही क्रममा अन्य कैदीबन्दी पनि निस्किएका थिए । जेन–जी आन्दाेलनका क्रममा देशभरका कारागारबाट १३ हजार कैदीबन्दी भागेका थिए । यसमध्ये २ हजार जना पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु