राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नख्खु कारागार प्रशासनले दिएको भनी दुनियाँलाई देखाइरहेको पत्र नक्कली भएको खुलेको छ । कारागार प्रशासनले उनलाई पत्र नदिएको पुष्टि गरेको छ ।
नाम नखुलाउने शर्तमा कारागारकी एक कर्मचारीले भनिन्,‘केको पत्र दिनु ! मासले आएर लिएर गयो नि । उनी निस्किएपछि अरु पनि यहाँबाट भागे ।’ ती कर्मचारीका अनुसार रवि निक्लिएको दिन कारागारमा कुनै कर्मचारी थिएनन् ।
भदौ २३ गते काठमाडौंको नयाँ बानेश्वरमा भएको घटनापछि भदौ २४ गते सबै कर्मचारी बिदामा रहेको उनको भनाइ छ । यता,रविले भने अस्ति सामाजिक सञ्जालमा लाइभ आएर आफूलाई कारागार प्रशासनले जबरजस्ती जेलबाट घर पठाएको बताएका छन् ।
‘हरेक ब्लकमा ४५० जनाको दरले राखिएको थियो । सबै कारागार खाली थियो । १२० जना फर्किए,अरु पनि क्रमशः फर्किँदैछन् ।’
त्यसैगरी,उनले कारागारको पत्र पनि देखाइरहेका छन्,जुन हेर्दै शंकास्पद देखिन्छ । सो पत्रलाई लिएर धेरैले प्रश्न पनि उठाइरहेका छन् । उनको सिको सिक्दै कैदीबन्दीहरु कारागारबाट भागेपछि प्रशासनले फर्किन सूचना जारी गरेको छ ।
तीन वटा ब्लकमा एक हजार ३५० जना रहेकोमा १२० जना फर्किएको कारागार प्रशासनले बताएको छ । सूचना जारी गरिसकेपछि पनि रविको कुनै अत्तोपत्तो नरहेको प्रशासनले जानकारी दियो । स्रोत भन्छ,‘हरेक ब्लकमा ४५० जनाको दरले राखिएको थियो । सबै कारागार खाली थियो । १२० जना फर्किए,अरु पनि क्रमशः फर्किँदैछन् ।’
कारागारमा आगजनीसँगै तोडफोड पनि भएको छ । प्रहरी बिट जलाइएको छ भने सिलिण्डर बिस्फोट गरिएको छ । कर्मचारी बस्ने कार्यकक्ष पनि जलाइएकाले ठाउँको चरम अभाव भएको छ । यता,रेकर्ड फाइल र कम्प्युटरहरु समेत ध्वस्त बनाइएको छ ।
प्रतिकृया दिनुहोस