बालगृहबाट भागेका बालक अछाममा पक्राउ

छिनोफानो   शनिबार २८, भदौ २०८२ १२:४५

अछाम  । डोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ । 

डोटी बालगृहबाट सोमबार भागेका किशोरलाई साँफेबगर प्रहरी चौकीले सोही ठाउँको हाटबजारबाट नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो । 

दार्चुला ठेगाना भएका १६ वर्षीय किशोर कर्तव्य ज्यान मुद्दामा डोटी बालगृहबाट भागेर साँफेबगर पुगेका थिए । साँफेबगरमा हिँडिरहेको बेलामा प्रहरीले शंका मानेर सोधपुछका क्रममा नियन्त्रण लिइएको बताइएको छ । 

नियन्त्रणमा लिइएका किशोरलाई बाल सुधार गृह डोटीमा बुझाइ सकिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाको भनाइ छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु