धनगढी । अछामको मंगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहोराले नयाँ नेपाल बनाउनका लागी प्रधानमन्त्री देखि वडा अध्यक्ष सम्मको सम्पती छानबिन गर्नु पर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै प्रमुख बोहोराले छानबिनको क्रममा स्रोत नखुलेको सम्पती राज्यले जफत गरि राज्य कोषमा जम्मा गर्नु पर्ने र सो रकम राष्ट्र निर्माणमा लगाउनु पर्ने बताएका छन ।
दुई कार्यकाल नगर प्रमुख बनेका बोहोराले सो सम्पती छानबिनका लागी सबै भन्दा पहिले आफै बाट सुरु गर्न समेत आग्रह गरेका छन । उनले आफ्नो बुवा बाजे, र छोराछोरी सबैको सम्पती माथि पहिले छानबिन होस म मेरै घर बाटै युवाहरू लाई सम्पती छानबिनका लागी अनुरोध गर्दछु उनले लेखेका छन । पुराना नेताहरूको सम्पती समेत छानविन गरिनु पर्ने उनीहरू गलत भए कारबाही र सही भए मात्र जिम्मेवारी दिनु पर्ने उनको माग छ । सम्बृद्ध नेपाल सुखी नेपाली सहितको नयाँ नेपाल बनाउन सबैको सम्पतीमा छानबिन गर्न आवश्यक रहेको उनले बताएका छन । उनले लेखेको फेसबुक स्ट्याटस यस्तो रहेको छ ।
“अब सम्बृद्ध नेपाल सुखी नेपाली सहितको नयाँ नेपाल बनाउन प्रधानमन्त्री देखि वडा अध्यक्ष सम्मको सम्पती छानबिन गर्नु पर्छ । स्रोत नखुलेको सम्पती जफत गरि राज्य कोषमा जम्मा गरि राष्ट्र «निर्माण गरिनुपर्छ । युवाको निगरानीमा पुराना नेताहरूलाई पनि तिजापमा चोपलेर जिम्मेवारी दिनुपर्छ । सम्पती छानबिन म बाट गरियोस् मेरा बाबु ज्यु, मेरो र मेरा छोराछोरीको सम्पती छानबिन होस म तयार छु ।”
प्रतिकृया दिनुहोस