काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरी कार्कीलाई पदभार ग्रहण गराइएको हो ।
पदभार ग्रहण गर्नुअघि उनले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
प्रतिकृया दिनुहोस