सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढ्यो

छिनोफानो   सोमबार ३०, भदौ २०८२ ०१:३४

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलामा एक सय रूपैयाँले बढेर दुई लाख १५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार एक सय रुपैयाँ थियो । गएको शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर दुई हजार पाँच सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ७० रुपैयाँ थियो । गएको शुक्रवार चाँदीको भाउ तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु