"बैतडीमा महिलाले बाटोमै बच्चा जन्माएपछि स्वास्थ्यकर्मीले दिए प्रसूती सेवा"

छिनोफानो   शनिबार ०४, असोज २०८२ १०:५६

बैतडी । बैतडीकी एक महिलाले बाटोमै बच्चा जन्माएपछि स्वास्थ्यकर्मीहरुले बाटोमै प्रसूती सेवा दिएका छन् । 

जिल्लाको पुर्चौंडी नगरपालिका–१० विजयपुरकी वसन्ती बिष्टले बाटोमै शिशु जन्माएपछि उक्त ठाउँमै पुगेर स्वास्थ्यकर्मीले सेवा दिएका हुन् । प्रसूती व्याथा लागेकी वसन्ती स्वास्थ्यचौकी आउँदै गर्दा बाटोमै सुत्केरी भएकी कटौजपानी स्वास्थ्यचौकीकी अनमी रमिता जोशीले बताइन् । 

वसन्तीलाई व्याथा लागेको कुरा जानकारीमा आएपछि स्वास्थ्य संस्थामा आउन आग्रह गरेको तर उनले स्वास्थ्य संस्थामा आउँदै गर्दा बाटोमै बच्चा जन्माएपछि सोही ठाउँमा गएर सेवा दिएको उनले बताइन् । आमा र शिशुलाई संक्रमण नहोस भनेर सुरक्षाका उपायसहित आफूले बाटोमै प्रसूती सेवा प्रदान गरेको अनमी जोशीले बताइन् । 

आमा र शिशुको ज्यान जोगाउने अभियानमा कटौंजपानी स्वास्थ्यचौकीले काम गरिरहेको र सोही अनुसार आफूहरु बाटोमै पुगेर भएपनि सेवा दिने कार्यमा तल्लीन रहेको अनमी जोशीले सुनाइन् । 

कटौंजपानी स्वास्थ्यचौकीमा कार्यरत अनमी जोशीले स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र विभिन्न ठाउँमा गएर प्रसूती सेवा दिँदै आएकी छन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु