पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा न्यायिक जाँचबुझ आयोग गठन

छिनोफानो   सोमबार ०६, असोज २०८२ १०:२६

काठमाण्डौ – सरकारले जेनजी आन्दोलनमा भएको बल प्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानूनविद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य हुनुहुन्छ  । भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको घटनाबारे जाँझबुझ गरेर आयोगले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु