कञ्चनपुर: सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले करिब ७ लाख ८४ हजार ९२० रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ।
मिति २०८२ असोज ५ गते सशस्त्र प्रहरी नायब उपरीक्षक जनक राज उपाध्यायको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले भिमदत्त नगरपालिका–१० स्थित भन्सार रोड क्षेत्रमा भारतबाट भन्सार छलि ल्याइएका सामान नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामानमा कपडा, हार्डवेयरका सामग्री, क्यामेरा पार्टस्, मिठाई र किराना सामानहरू रहेका छन्। यी सामानहरू बेवारिसे अवस्थामा भेटिएका सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि सोही दिन दिउँसो ४ बजे कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीमा बुझाइएको सीमा सुरक्षा गुल्मले जनाएको छ।
प्रतिकृया दिनुहोस