जेनजी आन्दोलनमा फरार २१ भारतीयमध्ये एक मात्र कारागार फर्किए

छिनोफानो   मङ्गलबार ०७, असोज २०८२ १०:५५

धनगढी । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न कारागारबाट २१ जना भारतिय कैदीबन्दी फरार भएकोमा ति मध्ये एक जना मात्रै कारागार फर्किएका छन । फरार भएका २१ जना मध्ये कैलाली कारागारमा एक जना मात्रै फर्केका हुन । भदौ २४ गतेको आन्दोलनका क्रममा कैलाली र कञ्चनपुरका कारागारबाट २१ जना भारतीय कैदी र थुनुवा समेत भागेका थिए ।

 

सुदूरपश्चिममा भारतिय सहित प्रदेश भरीबाट भागेका ६ सय १३ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् ।आन्दोलनको अराजक वातावरणमा कुल १ हजार ४ सय ५८ जना कैदीबन्दी भाँगेका थिए । तीमध्ये ८ सय ४५ जना पुनः कारागार फर्किएका छन् भने बाँकी फरार अवस्थामै रहेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार फरारमध्ये केही कैदी आफैं फर्किएका हुन् भने केहीलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेर कारागार पु¥याएको हो । तर, अझै ठूलो संख्यामा कैदी फरार भएकाले शान्ति सुरक्षासम्बन्धी चुनौती कायमै रहेको प्रहरीको भनाइ छ ।

फरार कैदीमध्ये लागूऔषध कारोबार, हातहतियार, चोरी र अन्य आपराधिक घटनामा सजाय भोगिरहेका तथा मुद्दा प्रक्रियामा रहेका थुनुवा समेत रहेका छन् 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु