कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु, १ घाइते

छिनोफानो   शुक्रबार ०८, कार्तिक २०८२ ११:०५

धनगढी।कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।भजनी नगरपालिका-४ की ४५ वर्षीय फूलबासनी चौधरीको कारको ठक्करबाट मृत्यु भएको हो।

भजनी नगरपालिका-४खैलाडमा बिहिवार दिउँसो बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री ४५ वर्षीय फूलबासनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो।

फूलबासनीको बिहिवार साँझ सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।असिया चौधरीको उपचार जारी रहेको प्रहरीले बताएको छ।

नेपाल प्रहरीले कार र कारका चालक लम्की–चुहा नगरपालिका-२ का २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु