विश्व पोलियो दिवस मनाइयो

छिनोफानो   शुक्रबार ०८, कार्तिक २०८२ ११:३४

नारायणगढ  । विश्व पोलियो दिवस २०२५ का अवसरमा शुक्रवार भरतपुरमा जनचेतना र्याली निकालिएको छ ।

रोटरी र रोट्रयाक क्लब अफ नारायणी मिड टाउनको आयोजनामा सम्पन्न सो र्याली भरतपुरका विभिन्न क्षेत्र घुमेर चितवन विजनेश कम्प्पेलेसमा आई सम्पन्न भएको थियो ।

सो अवसरम भरतपुरका विभिन्न क्षेत्रमा  पोलियो उन्मूलनसम्बन्धी ब्यानरहरू राखी स्थानीय समुदायमा सचेतना फैलाइएको क्लवकी पूर्व अध्यक्ष छाया श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा रोटरी क्लबका अध्यक्ष प्रमेश्वर भण्डारीले पोलियो  उन्मुलन देश भए पनि अझै फाट्टफूट्ट रोगीहरु भेटिएको बताउनुभयो ।

भण्डारीले  भन्नुभयो, “पोलियो अन्त्यको यो लामो यात्रामा रोटरीको योगदान ऐतिहासिक छ। पोलियोमुक्त विश्व बनाउने हाम्रो अभियान निरन्तर जारी रहनेछ।”

रोटरी डिस्ट्रिक्ट ३२९२ रिजन ६ का को–चियर प्रकाश पौडेलले र्यालीमा सहभागीहरुसवैलाई धन्यवाद दिनुभयो ।

सन् १९८५ देखि रोटरीले विश्वव्यापी रूपमा सुरु गरेको अब पोलियो अन्त गरौ भन्ने अभियान सञ्चालन गरि रहेको छ । अहिले  पोलियोका  घटना  विश्वभरमै ९९.९ प्रतिशतले घटेको पनि उहाँको दावी छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु