अन्तर्राष्ट्रिय बजारमा एक सातामै सुनको भाउमा ७ प्रतिशतभन्दा बढीको गिरावट

छिनोफानो   शनिबार ०९, कार्तिक २०८२ १०:४६

काठमाडौं।अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लाग्दै नयाँ रेकर्ड बनाएको सुनको भाउ एक सातामै उच्च दरले घटेको छ। अल्पकालीन लगानीकर्ताले नाफा “बुक” गर्न थालेपछि सुनको मूल्यमा तीव्र गिरावट आएको हो।

पछिल्ला महिनामा अमेरिका–चीनबीचको व्यापारिक खिचातानी र राजनीतिक अस्थिरताका कारण सुन लगानीकर्ताको पहिलो रोजाइ बनेको थियो। व्यक्तिगत र संस्थागत लगानीकर्ताले सुरक्षित लगानीको माध्यमका रूपमा सुन रोजेपछि यसको मूल्य लगातार बढ्दै गएको थियो।

तर पछिल्लो एक सातामा मात्रै सुनको मूल्य ७।१६६ प्रतिशतले घटेर अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स ४ हजार ६४ डलरमा झरेको छ। ३० असोज ९१६ अक्टोबर० मा सुनको मूल्य हालसम्मकै उच्च प्रतिआउन्स ४ हजार ३८१ डलर पुगेको थियो।

नेपालमा भने सोही दिन सुनको भाउ तोलाको २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च हो। त्यसपछि भाउ घट्दै गएर तोलाको २ लाख ५३ हजार रुपैयाँमा झरेको छ।

हाल दिपावली बिदाका कारण नेपालमा सुनको कारोबार रोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार कारोबार पुनः सुरु भएपछि अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका आधारमा नयाँ मूल्य तोकिनेछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु