मोटरसाइकल दुर्घटनामा बरिष्ठ कृषि अधिकृत माधव लम्सालको ज्यान गयो

छिनोफानो   शनिबार ०९, कार्तिक २०८२ १०:५८

स्याङ्जा – स्याङ्जामा भएको मोटरसाइकल दुर्घटनामा बरिष्ठ कृषि अधिकृत ४५ बर्षीय माधवप्रसाद लम्सालको ज्यान गएको छ । लम्साल आफैले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल हिजो दिउँसो पुतलीखेत–सतौं भित्री पक्की सडक अन्तर्गतको पुतलीबजार नगरपालिका–१४ आम्बोटमा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार दुर्घटनापछि लम्साललाई जिल्ला अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । मृतक लम्साल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख हुनुहुन्थ्यो । उहाँको स्थायी घर स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ लम्साल डाँडामा पर्छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु