सुनको भाउ तोलामा ११ हजार ६०० रुपैयाँले घट्यो : तोलाको २ लाख ४१ हजार ९००

छिनोफानो   आइतबार १०, कार्तिक २०८२ १२:३९

काठमाण्डौ – तिहार बिदापछिको पहिलो कारोबार दिन आज आइतवार सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार गएको सोमवार कात्तिक ३ गते सुनको भाउ तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँ थियो । गएको असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको भाउ पनि घटेको छ ।

आज चाँदीको भाउ तोलामा दुई सय ६५ रुपैयाँले घटेर तोलाको ३ हजार १५ रुपैयाँमा झरेको छ । गएको सोमवार चाँदीको भाउ तोलाको तीन हजार दुई सय ८० रुपैयाँ थियो । गएको असोज ३१ गते चाँदीको भाउ तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु