सरकारले जेनजीको डरले अधिकारीलाई बढुवा हुनबाट रोक्यो

पवन भण्डारी   सोमबार ११, कार्तिक २०८२ १०:५९

धनगढी । एसएसपी बढुवामा पहिलो नम्बरमा रहेका बिश्ब अधिकारीलाई रोक्दै प्रहरी प्रधान कार्यालयले पाँच जना एसएसपीलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । आईतबार  प्रहरी प्रधान कार्यालयमा गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस गरेको हो । 

जसमा एसएसपी बढुवामा दोस्रो नम्बरमा रहेका भुपेन्द्रबहादुर खत्रीलाई पहिलो नम्बरमा राखेको छ भने तेस पछि क्रमस दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पाचौँ नम्बरमा अबिनारायण काफ्ले रहेका छन् । 
काफ्ले एसएसपी बढुवा सुचिको छैटौ नम्बरमा रहेका थिए । सरकारले जेनजी आन्दोलनका क्रममा काठमाण्डौ परिसरको नेत्त्रृत्व गरेको र आन्दोलनमा बल प्रयोग गरेको विषयलाई लिदै उनको सरुवा रोकेको आकलन नागरिक स्तरमा रहेको छ । 

यसअघि विश्व अधिकारी र हाल विमानस्थल प्रहरी प्रमुख रहेका सोमेन्द्र सिंह राठौरको पनि नाम बढुवाको चर्चामा रहेको भएपनि जेनजी आन्दोलनकै बलमा बनेको सरकारले उनको बढुवा रोकेको स्रोतको दावी छ । जेनजी प्रतिनिधीहरुको दबाबमा सरकारले बिश्ब अधिकारीको बढुवा रोकेको समाचार श्रोतको दाबी छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु