सुनको भाउ २ हजार रुपैयाँले घट्यो

छिनोफानो   सोमबार ११, कार्तिक २०८२ ०१:४३

काठमाण्डौ – आज सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँ थियो ।

महासङ्घका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु