काठमाण्डौ।त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २-१ अन्तरले हराएको छ।
नेपालको जितमा दुबै गोल कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले गरिन्।भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले १ गोल गरिन्।
सिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलको दोस्रो मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् ।
नेपालले सुरुमै १-० को अग्रता बनायो । पहिलो हाफ १-० को नतिजामा सकियो।दोस्रो हाफपछि नेपालले ६३औं मिनेटमा फेरि गोल गर्यो । साम्बाले हानेको फ्रि-किक गोलमा परिणत भयो । साम्बाको यो ६६औं अन्तर्राष्ट्रिय गोल हो ।
खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्कायो।त्यसपछि दुवैतर्फबाट थप गोल भएन्।
नेपाल २-१ को जित हात पान सफल रह्यो।नेपालले भारतलाई हराएको यो चौथो पटक हो।यसअघि इरानले नेपाललाई ३-० र भारतलाई २-० ले हराएको थियो ।अब नेपालले पर्सि बिहीवार सिक्किममा भारतसँग मैत्रिपूर्ण खेल खेल्नेछ ।
प्रतिकृया दिनुहोस