सरुवा भएको १ बर्ष सम्म पनि धनगढी उप–महानगरपालिकाले भुक्तानी गरेन शिक्षक वडको ४ महिनाको तलब

छिनोफानो   मङ्गलबार १२, कार्तिक २०८२ १२:४३

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाले एक शिक्षकको ४ महिनाको तलब बर्ष सम्म पनि भुक्तानी नगरेको पाइएको छ ।  पालिकाको धनगढी नमुना प्राविधिक मा.बिबाट सरुवा भएर गएका एक शिक्षकको ४ महिना सम्मको तलब रोकेको पाइएको हो । 

विद्यालयमा निमावि द्धितिय श्रेणीमा कार्यरत शिक्षक नरेन्द्र बहादुर वडको वैशाख देखि भाद्र सम्मको तलब नगरको शिक्षा शाखा र विद्यालयले हाल सम्म पनि नदिएको हो । गत वैशाखमा धनगढी उप–महानगरपालिकाले विना कारण शिक्षक वडलाई सरुवा गरेको थियो  । 

वडले नगरपालिकाले गरेको सरुवा आफूलाई चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । सर्वोच्च अदालतले २०८१ जेठ  ३ गते रिट निवेदनको अन्तिम टुङ्गो नलागे सम्म सरुवा कार्यान्वयन नगर्न आदेश जारी गरेपछि  वड पुनः सोही विद्यालयमा जेठ ९ गते हाजिर भएका थिए । पछि  सर्वोच्च अदालतले श्रावण २१ गते सो रिट निवेदन खारेज गर्दै प्रशासनिक अदालत हुँदा हुँदै सो निवेदन सर्वोच्चमा आउन नहुने निर्णय गरेको थियो ।

सर्वोच्चको सो निर्णय पछि आफू कानुनको सम्मान गर्दै आफूलाई सरुवा गरेको जनकल्याण मा बिमा हाजिर भएको उनले बताए । तर आफू नयाँ विद्यालयमा कार्यरत भएको १ बर्ष बढी भइसक्दा पनि विद्यालय र नगर शिक्षा शाखाले आफ्नो भुक्तानी नगरेको शिक्षक वडको गुनासो छ ।  आफूले पटक पटक विद्यालय र नगर शिक्षा शाखा तथा समन्धीत सबै ठाउँमा निवेदन दिएका भए पनि नगरको शिक्षा शाखाले कुनै जवाफ नै नदिएको उनले बताए । 

बिद्याालयका प्रधानाध्यापकलाई मौफिक रूपमा समेत जानकारी दिँदा तलब भुक्तानी नगरेको उनले बताए । धनगढी नमुना प्राविधिक मा.बिका प्रअ लक्ष्मण भट्टले आफूले नगरपालिकाको शिक्षा शाखामा तलब भुक्तानीका पटक पटक निवेदन दिएको भए पनि शिक्षा शाखाले विद्यालयको खातामा तलब भुक्तानी नगरेकोले तलब दिन नसकिएको बताए ।  

मैले शिक्षक वडलाई सँगै लगेर समेत नगरपालिकाको शिक्षा शाखामा सो विषयबारे जानकारी गराएको थिए तर अहिले सम्म हाम्रो विद्यालयको खातामा तलब भुक्तानी भएको छैन । नगरले किन तलब भुक्तानी गरेन सो बारे समेत आफूलाई जानकारी नदिएको उनले  बताए । 

शिक्षकले आफ्नो काम गरेको तलब पाउनु पर्ने भन्दै आफूले पटक पटक नगरमा जानकारी गराएको र आफ्नो कुनै कमजोरी नरहेको उनले बताए । यता सो बिषयमा जानकारी लिन खोज्दा धनगढी उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख घुम्मन सिंह बडायकले सो बारे मौफिक सूचना दिन नमिल्ने बताउँदै निवेदन पेस गर्न या अफिसमै आएर सूचना लिन पर्ने बताए ।  छिनोफानो डटकमले सो सूचना माग गर्दै उप–महानगरपालिकाको सूचना शाखामा निवेदन दर्ता गरेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु