कैलालीमा १ लाख ८० हजार रुपैयाँको अवैध सामान बरामद

छिनोफानो   बुधबार ०४, चैत २०८२ ०८:२३

 कैलालीका बिभिन्न स्थान बाट प्रहरीले भन्सार छलि गरि ल्याइएका सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–३को बडारा र टीकापुर नगरपालिका–९को खक्रौलाबाट मंगलबार करिब १ लाख ८० हजार रुपैयाँ बराबरका सामान फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गरिएका सामानमा सुटपिस, साडी, मोटर गार्ड, कार्पेट, सकर, मिटर, मोटरसाइकलका बटनलगायतका सामग्री रहेका छन्। ती सामान भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएको आशंका गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको गस्ती टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। बरामत गरिको सामान प्रहरीले आवश्यक अन्सन्धानका लागि कैलालीभन्सार कार्यालय लाई बुभाएको छ

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु