गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ ।
शनिबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष हेमराज शर्मालाई चयन गरेको छ भने रविन शेरचन वरिष्ठ उपाध्यक्ष बन्नु भएको छ । शेरचन सहित २४ जना उपाध्यक्ष हुनुहुन्छ ।
उपाध्यक्षहरूमा रामशरण सिंखडा, खगेन्द्र न्यौपाने, मनोजकुमार श्रेष्ठ, रोशन थापा, रोजिना प्रधान राई, प्रविण गुरुङ, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, दधिबल खड्का, दिनेश पोखरेल, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, लोकप्रसाद दाहाल, भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ, टंकप्रसाद गैरे, विश्वदीप तिगेला र तिलक गैरे रहुनु भएको छ ।
यस्तै महिला उपाध्यक्षमा राधिका गुरुङ ‘टिका’ तथा युवा उपाध्यक्षमा भिमसेन थापा चयन हुनुभएको छ । अधिवेसनले चिरञ्जीवी खड्का महासचिव चयन हुनु भएको छ । त्यस्तै ६ उपमहासचिवमा अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल, राजेन्द्र अर्याल र स्वतन्त्र प्रताप शाह रहनु भएको छ ।
सचिवमा अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा मुसलमान, प्रसुन्ना कडेल, शिवप्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानीप्रसाद तिम्सिना र रमेश भट्ट चयन हुनु भएको छ । महिला सचिवमा अमृता थापा कञ्चन चयन हुदा कृष्णप्रसाद तिम्सिना कोषाध्यक्षमा चयन हुन भयो ।
प्रतिकृया दिनुहोस