बैतडीमा एक युवक मृत फेला परेका छन्।
पाटन नगरपालिका–३, गुजरका अन्दाजी २६ वर्षीय नरेश कोली सुर्नया नदीको किनारमा मृत अवस्थामा फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार पाटन–३ सुरुङ नजिकैको बाटोबाट लडेर करिब एक सय मिटर तल नदी बगरमा उनको शव भेटिएको हो।
उनका अनुसार कोली मंगलबार घरबाट सामान किनमेलका लागि पाटन बजार गएका थिए। बेलुकासम्म घर नफर्किएपछि उनका दाइले प्रहरीलाई खबर गरेका थिए।
खोजी गर्ने क्रममा बुधबार बिहान करिब ८ बजे उनको शव सुर्नया नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस