डोटीमा जीप दुर्घटना: २ जनाको घटनास्थलमै मृत्यु

छिनोफानो   मङ्गलबार १०, चैत २०८२ ०८:३७

डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला स्थित मौवा (गिरिचौका) भित्री कच्ची सडकखण्डमा गएराति भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

खतेडाबाट काँडी स्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१(००१ च ३९२३ नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई करिब ९०० मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा जीप चालक आदर्श गाउँपालिका–३ काँडी स्याउलेका २२ वर्षीय सुबोध रोकाया र सोही ठाउँका १९ वर्षीय कैलाश विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु