कैलालीमा लागूऔषधसहित एक जना पक्राउ

छिनोफानो   मङ्गलबार १०, चैत २०८२ ०९:०१

कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा सोही ठाउँ बस्ने ३० वर्षीय रंजित चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चौधरीको साथबाट ५८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको छ। आवश्यक प्रक्रिया पूरा गरी उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु