काँग्रेसका केही नेताले पैसा लिएको अभिव्यक्तिपछि विवादमा तानिएका नेता नरनारायण शाह मनु ले आफ्नो भनाइबारे प्रष्टीकरण दिएका छन् । नेकपाका उम्मेदवार प्रेमबहादुर आलले पैसा दिएको विषय पुष्टि गर्न चुनौती दिएपछि विषय थप चर्किएको हो ।
उनले प्रेमबहादुर आले सँग भएको भेटका क्रममा सुनेको कुराकै आधारमा आफूले अभिव्यक्ति दिएको स्पष्ट पारेका हुन्। शाहका अनुसार आलेसँग वेल्स क्याफे र ओटी सी अफिसमा दुई पटक भेट भएको थियो, जहाँ समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
प्रष्टीकरणमा उनले आलेले आफ्नै पार्टीका केही नेताले सहयोग गरेको र केहीले आर्थिक सहयोगसमेत लिएको कुरा सुनाएको दाबी गरेका छन्। उनले उक्त दाबी पुष्टि गर्ने च्याट हिस्ट्री देखाइएको उल्लेख गर्दै त्यस बेला आफूले विवरण माग नगरेका कारण हाल कुनै ठोस प्रमाण आफूसँग नरहेको स्वीकार गरेका छन्।
शाहले आफूले बोलेका कुरा अप्रिय भए पनि कुनै खराब नियत, बदनाम गर्ने उद्देश्य वा भ्रम फैलाउने मनसाय नभएको जिकिर गरेका छन्।
प्रतिकृया दिनुहोस