दार्चुलामा सात जुवाडे पक्राउ

छिनोफानो   मङ्गलबार १०, चैत २०८२ ०८:५७

दार्चुलाको महाकाली नगरपालिका–४ तल्लासैनस्थित अपि रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन्।

सोमबार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ५२ वर्षीय मोहन सिंह बिष्टले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीसहित ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार घटनास्थलबाट नगद रु. ५०,२०५ र २ गड्डी तास बरामद गरिएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु