शिर्षक -भेट्न नपाउला

छिनोफानो   सोमबार ०५, पुष २०७८ १०:४४

गजल शिर्षक (भेट्न नपाउला

मन का खुसि सबै मेट्न नपाउला
मर्ने बेला तिमी लाई भेटन नपाउला

म जिउदो छदा मीठो वचन बोल सानू
म मर्दा लाने बेला समेट्न नपाउला

यहाँ प्रतेक पाईला(पाईला ठेस लाग्छ
तिमी संग जिन्दगी कटाउन नपाउला

तिम्रो माया राम्रोसँग छोपेर राख
पछि त्यो मन मा म अटाउन नपाउला

यहा बाटो बाटोमा दुस्मन बसेका हुन्छन
जहाँ म छिटो आई बचाउन नपाउला

आउ तिमि यो दिल मा राज गर सानू
म मरेसि तिमी लाई हसाउन नपाउला

तिमी विच्च विच्च मा न ठुस्किनु है
म मरे पछि तिमिलाई हसाउन नपाउला

फूल हौ तिमी म लाई टिप्न देय साईली
आउला अर्कै माली पछि लिन नपाउला
दिपक संगम विश्वकर्मा 
टीकापुर ,कैलाली ,नेपाल

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु