यस्तो छ आगामी ३ दिन सम्मको को मौसम पूर्वानुमान

छिनोफानो   आइतबार ०१, फागुन २०७८ ११:१९

अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश- १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सोमबार पनि मौसम सामान्यतया सफा रहने छ । मंगलबार भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार तराई क्षेत्रका केही स्थानमा लागिरहेको हुस्सु/कुहिरो अपराह्नपछि बिस्तारै हटेर जाने सम्भावना छ । तर चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु