सुनको मूल्य तोलामा दुई हजारले वृद्धि

छिनोफानो   बिहिबार २०, बैशाख २०८१ १२:५८

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. दुई हजारले वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु. एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, बुधबार रु. एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ। 

चाँदीको मूल्य तोलामा रु. १५ ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु. एक हजार ६ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु. एक हजार ६ सय ४५ निर्धारण भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु