शेयर बजारमा दाेस्राे 'सर्किट ब्रेक', ४० मिनेटका लागि काराेबार बन्द

छिनोफानो   मङ्गलबार १८, असार २०८१ १२:२५

काठमाण्डाै – शेयर बजारमा दाेस्राे पटक सकारात्मक 'सर्किट ब्रेक' लागेकाे छ । दाेस्राे पटक सर्किट ब्रेक लागेसँगै काराेबार ४० मिनेटका लागि राेकिएकाे छ ।

आज बजार खुलेकाे १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलाे सर्किट ब्रेक लागेकाे थियाे । त्यसकाे २० मिनेटपछि फेरि खुलेकाे शेयर बजार ५ प्रतिशतले बढेर सर्किट ब्रेक लागेकाे हाे ।

सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसकाे प्रभाव शेयर बजारमा देखिएकाे हाे । शेयर बजार अहिले १ सय २ अङ्कले बढेर २ हजार १ सय ५६ विन्दुमा पुगेर राेकिएकाे छ ।

अहिले कार्यान्वयनमा रहेको 'सर्किट ब्रेक' सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु