शेयर बजार सामान्य बढ्यो, झन्डै १४ अर्ब रुपैयाँको कारोबार

छिनोफानो   सोमबार ०७, साउन २०८१ ०४:५३

काठमाण्डाै – केही दिनयता उच्च अङ्कले बढिरहेको शेयर बजार आज सामान्य अङ्कले बढेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

आज तीन पटकसम्म २५ सय विन्दु छाेएकाे नेप्से बन्द हुँदा २४ सय ८८ विन्दुमा राेकियाे । काराेबार खुलेकाे २ मिनेटमा, ११ बजेर २२ मिनेटमा र २ बजेर २५ मिनेटमा नेप्से २५ सय विन्दुमा पुगेकाे थियाे ।

आज बैंकिङ, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ ।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन गणपति लघुवित्त कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।

आज तीन सय नौ वटा कम्पनीका तीन करोड ९७ लाख कित्ता शेयर १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु